पाल्पामा सलह भगाउन सकस, उत्पादित बाली भित्र्याउन नपाइनेमा किसान चिन्तित

E7likuwwgb2v2cfpjuk0

काठमाडौँ । यहाँ देखिएका सलह विस्तारै खेतबारीमा देखिन थालेका छन् । शनिबार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए । पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन । रुखका पातहरु खाएको र अन्नवालीमा भने दिउँसोतिर देखिएको छ ।

जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केहीमा भाग शनिबार सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए ।  अधिकांश स्थानमा देखिएका सलह शनिबार नै केही गुल्मीतर्फ र केही फर्केर दोभान क्षेत्रमा रात बिताएको देखिएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख अर्यालले अधिकांश सलह पाल्पा तिनाउँ गाउपालिका २ झयाङ्लाका बस्तीका रुखमा शनिबार रात बिताएको बताए । उनले भने, “शनिबार रात परेकाले रुखमा बसेको देखियो, आज बिहान पनि वर्षा भएकाले सलह सक्रिय हुन सकेन ।

मौसम सफा भएपछि सलह आकाशमा उडिरहेकाले किसानले आगो बालेर धुवाँमय बनाउँदा अन्नबालीमा सलह बस्न सकेको छैन । कतिपय थाल बजाई अन्नबाली जोगाउन जुटेका छन् ।”  स्थानीय स्रोत र साधनको प्रयोग गरी सलह नहटेमा रासायनिक औषधि प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले बताए ।

तिनाउको झयाङ्ला गाउँ प्रदेश सरकारद्वारा सञ्चालित स्मार्ट कृषि गाउँ हो । यस क्षेत्रमा बाक्लो मात्रामा सलह रहेको छ । स्मार्ट कृषि कार्यक्रम, कार्यान्वयन समितिका अध्यक्ष चोपलाल जिसीले शनिबारदेखि झयाङ्ला क्षेत्रमा बास बसेको सलह आज साँझसम्म आकाशमा उडिरहेको बताए ।  “वर्षा भएकाले बिहान सलह रुखमा नै देखिएको थियो ।

वर्षा कम भई मौसम सुधार भएपछि मकैबाली, सिमीमा पनि देखिएको छ”, जिसीले भने,  “स्थानीय बासिन्दाले सहल धपाउन कोसिस गरिरहेका छन् । आगो बाल्ने, भाँडा बजाउने कार्य गरे पनि सलह आकाशमा उडिरहेको देखिएको छ ।”

तिनाउ गाउँपालिकाका खुर्सानी, बगाहलगायत माथिल्लो भागमा सलह देखिएको स्थानीय बासिन्दा रुद्र जिसीले बताए । किसानलाई उत्पादित अन्नबाली खाने पिरलो छ । रुखका पात खाइसकेको छ । मकैबाली पाकेकाले स्याहार्ने चटारोमा रहेका किसानलाई धानको बीउ जोगाउन मुश्किल हुने जिसीको भनाइ छ । बगनासकाली गाउँपालिकाको बराङ्दी क्षेत्रमा पनि आज साँझ सलह देखिएको स्थानीय  बासिन्दा विष्णु घिमिरेले बताए ।
 

प्रतिकृया दिनुहोस