मिठाई खाएपछि बेहोस भएका पतञ्जलीका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना

मिठाई खाएपछि  बेहोस भएका पतञ्जलीका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना

नयाँ दिल्ली ।  पतञ्जली आयुर्वेदका ‘सिइओ’ आचार्य बालकृष्णको स्वास्थ्यमा समस्या देखिएपछि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ । पतञ्जली योगपीठका महामन्त्री तथा बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णको स्वास्थ्यमा गडबडी देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनलाई पहिला पतञ्जली योगपीठ नजिकै रहेको भुमानन्द अस्पतालमा भर्ना गरिएको थियो । तर उक्त अस्पतालका डाक्टरले उनलाई ऋषीकेशस्थित एम्सका लागि रिफर गरेका थिए । एम्सका चिकित्सक ब्रह्म प्रकाशका अनुसार आचार्य बालकृष्ण अहिले कसैलाई पनि चिन्न सक्ने र बोल्न सक्ने अवस्थामा छैनन्। उनको अवस्था सामन्य हुन केहीसमय लाग्ने अस्पतालले जनाएको छ ।

एम्सले जारी गरेको आचार्य बालकृष्णको हेल्थ बुलेटिन अनुसार स्थानीय समय अनुसार पौने पाँच बजे उनलाई एम्समा पुर्‍याएको थियो । उनलाई अस्पताल पुर्‍याउदा उनी बेहोस अवस्थामा थिए । अहिले पनि उनको अवस्था स्थिर छ। उनलाई २४ घण्टाका लागि आइसियुमा राखिएको छ । चिकित्सकका अनुसार बालकृष्णको एमआरआई र अन्य जाँचको रिपोर्ट सामान्य छ । अहिले उनको रगतको परिक्षणका लागि पठाइएको छ ।

उनको खाने कुरामा केही गडबढी भएको हुनसक्ने चिकित्सकको अनुमान छ । बाबा रामदेव पनि अस्पतालमा उपस्थित छन् । बाबा रामदेवले पत्रकारहरुलाई दिएको जानकारी अनुसार आचार्य बालकृष्णले भक्तले दिएको मिठाई प्रसाद स्वरुप खाएका थिए, त्यसको करिब १५ मिनेटपछि चक्कर लागेर उनी बेहोस भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...