आईजीपी खनालले चितवन पुगेर रवि लामिछालाई भेटे

आईजीपी खनालले चितवन पुगेर रवि लामिछालाई भेटे

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई भेटेर आईजीपी खनालले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका हुन् ।

लामिछानेका पूर्वसहकर्मी शालिकराम पुडासैनी चितवनकै होटल कंगारुमा गत साउन २० गते झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै खिचेको भिडियो सार्वजनिक भएपछि रविलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...