नक्कली भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ

नक्कली भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ

काठमाडौ‌ । नक्कली भारतीय रुपैयाँसहित दु्ई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । प्रहरीले पर्सा हुँदै भारत छिर्न लागेका दुई जनाबाट एक लाख ९० हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो । 

वीरगञ्ज महानगरपालिका–१० इदगाह चौकबाट पर्सा वैरियाका दिलिपकुमार साह र छप्कैयाका जमिल अख्तरलाई नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट ९५ वटा २ हजार दरका नक्कली नोट फेला परेको पर्सा प्रहरी प्रमूख सोमेन्द्र सिंह राठौले जानकारी दिनुभयो । पक्राउ गरिएकाहरूमाथि कानुनी कारबाहीका लागि अनुसन्धान जारी राखिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...