क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

Corona 1

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ ।

बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।

उनले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताए । त्यस्तै रामपुर नगरपालिका–४ सदावर्तमा करिव ५५ वर्षीय पुरुष मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

कार्यालय प्रहरी निरीक्षक भीमबहादुर कार्कीको नेतृत्वको टोलीले सो घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...