अर्काे सफलता : कोरोनाविरुद्धको भ्याक्सिनको सफल परीक्षण, मंगलबार औपचारिक रुपमा सुरु हुने

Coronavirus vaccine 14

एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन मंगलबार संयुक्त अरब इमिरेट्स युएइमा तेस्रो चरणको क्लिनिकल परीक्षण हुँदैछ ।

यो तेस्रो चरणमा प्रवेश गर्ने संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन हो । चीनले परीक्षण गर्न थालेको यो पहिलो विदेशी परीक्षण पनि हो । यो भ्याक्सिनमा नै अहिले संसारको ध्यान केन्द्रित भएको छ ।

चाइना नेसनल फार्मास्युटिकल ग्रुप सिनोफर्मले बिकास गरेको यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायलको मंगलबार बेइजिङ, वुहान र युएईको अबुधावीमा अनलाइनमार्फत उद्घाटन गरियो । परीक्षण भने आउँदो मंगलबार औपचारिक रुपमा सुरु हुने ग्लोबल टाइम्सले जनाएको छ ।

युएईका स्वास्थ्यमन्त्री अब्दुल रहमान मोहम्मद अल ओबेइसले क्लिनिकल परीक्षणका लागि अनुमतिपत्र जारी गरिएको बताएका छन् । सिनोफर्मले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि क्लिनिकल परीक्षणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सिनोफर्मले भ्याक्सिन पूर्णरुपमा सफल भएको र औपचारिकताका लागि मात्रै तेस्रो चरणको क्लिनिकल ट्रायल गरिएको दावी गरेको छ । 

युएईका लागि चिनियाँ राजदूत नी जियाङले उद्घाटन समारोहलाई भर्चुअल सम्बोधनका क्रममा युएईमा भ्याक्सिन परीक्षण मात्र नभएर चीन-युएईबीच रणनीतिक साझेदारी हुने बताए । चीनले तयार गरेको भ्याक्सिनको साझेदार युएई पनि हुने भएको छ ।

भ्याक्सिनका लागि अबुधावी ग्रुप ४२ ले पनि क्लिनिकल परीक्षणको समयमा सिनोफर्मसँग मिलेर काम गर्नेछ । सिनोफर्ममा आवद्ध वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्टले पहिलो र दोस्रो क्लिनिकल परीक्षणमा कुनै पनि नराम्रो असर नदेखिएको जनाएको छ । अहिलेसम्म यो भ्याक्सिन विभिन्न देशमा तयार गर्न थालिएका भ्याक्सिनमा सबैभन्दा सफल भ्याक्सिन बनेको छ ।

सिनोफर्मले भ्याक्सिनको प्रयोग १ सय ८० स्वयंमसेवकमा गरिसकेको छ । सिनोफर्ममा कार्यरत १ हजार भन्दा बढीले पनि स्वइच्छाले यो खोप प्रयोग गरिसकेका छन् । लगाएका व्यक्तिमा यो खोप पूर्ण सुरक्षित तथा प्रभावकारी देखिएको ग्लोबल टाइम्सले जनाएको छ । अहिलेसम्म विकास भएका र परीक्षणमा रहेका खोपमा चीनमा बनाइएको यो भ्याक्सिन सफल भएको सिनोफर्मले विज्ञप्ति निकालेर जनाएको छ ।

अप्रिल १२ मा खोपलाई चीनको हेनान प्रान्तमा पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति प्राप्त भएको थियो । त्यसैअनुसार कम्पनीले पहिलो र दोस्रो क्लिनिकल चरण सफलतापूर्वक सम्पन्न गरेको छ । सिनोफर्मले आपतकालीन अवस्थामा अब यो खोप लगाउन सकिने पनि जनाएको छ ।

खोपको उत्पादनका लागि सिनोफर्मले उच्चस्तरको बायोसेफ्टी प्रयोगशाला पनि निर्माण गरिसकेको छ । सिनोफर्ममा आवद्ध बेइजिङ इन्स्टिच्युटले वर्षमा १२ करोड डोज र वुहानमा रहेको कम्पनीले बार्षिक १० करोड डोज उत्पादन गर्ने क्षमता बनाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...