समाजसेवी शेर्पाले दिए दृष्टिविहीन र बालबालिकालाई सहयोग

Sherpa help

काठमाडौं । संखुवासभा निवासी आङदावा शेर्पाले काठमाडौंको कपनमा रहेको केयर बालगृहमा रहेका अनाथ र असहाय बालिकाहरुलाई खाद्यन्न सहयोग गरेका छन् ।

लकडाउनका कारण त्यहाँ अध्ययनरत बालिकाहरुलाई खाद्यान्न समस्या भएपछि शेर्पाले सबै बालिकाहरूका लागि खाद्यान्न सहयोग गरेका हुन् ।

शेर्पाले बालिकाहरुका लागि चामल, दाल, नुन, तेल, कापी, कलम र आबश्यक सामाग्री खरिद गरी दिएका छन् । त्यसैगरी उनले नगद १७ हजार रूपैयाँ गरी २८ हजार रूपैया बराबरको सहयोग गरे । उक्त बालगृहमा छात्रा मात्र अध्ययनरत छन् ।

अमेरिकामा बस्दै आएका युवा समाजसेवी शेर्पा केही समयका लागि मात्रै काठमाडौं आएका थिए । नेपाल आएका बेला उनले बालबालिका लगायतको क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले आगामी दिनमा समेत अप्ठ्यारो परेकाहरुलाई मनबाट सहयोग गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् ।

आङदावा शेर्पाले शारीरिक रुपले असक्त दुई वटै आँखा र दुई वटै हात गुमाएका अम्बर राईलाई पनि तत्कालको लागि १० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी दुई वटै आखा नदेख्ने दृष्टिविहीन रेनुका राईलाई समेत तत्काल १० हजार रुपैयाँ सहयोग गरेका छन् । युवा समाजसेवी शेर्पाले यसअसघ पनि बिभिन्न बालगृहलाई सहयोग गरेका थिए ।

लामो समयसम्म अमेरिकामा बसेर नेपाल आएका शेर्पाले बालवालिकाको क्षेत्रमा काम गर्दै आएका छन् । उनले बालवालिकालाई समेत पढाउदै आएका छन् । संखुवासभाको मकालु गाउँपालिका –२ टासीगाउँका शेर्पाले आफुले बिगतमा भोगेको समस्या अरु बालबालिकाले भोग्न नपरोस् भन्ने उद्देश्य राखेको बताउँछन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...