सांसद सिंहको घरमा विप्लवको कालो झण्डा फररर... (भिडियोसहित)

Sing ko ghar ma jhanda

बझाङ । बझाङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भैरवबहादुर सिंहको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालो झण्डा गाडेको छ ।

सो पार्टीले बझाङ जिल्ला दुर्गाथली गाउँपालिका वडा नंं. ७ सोभानस्थित सिंहको घरमा कालो ब्यानरसमेत राखेको छ ।

नेकपाले सिंहको घरमा कालो झण्डा गाड्नुका साथै कालो ब्यानरसमेत राखेको छ । बझाङ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सांसद सिंहलाई जनकारबाही गर्ने चेतावनी दिएको छ ।

शनिबार दिउँसो मात्रै एमसीसीको पक्षमा मत हाले कारवाही गर्ने धम्की दिइएको थियो । सोही दिन आफ्नो पार्टी लामो समयदेखि राष्ट्रियता, प्रजातन्त्र, र जनजिविकाको पक्षमा राष्ट्रघात, दलाल र भ्रष्टाचारका विरुद्ध निरनतर संघर्ष गर्दै आएकाले राष्ट्रघाती सन्धी एमसीसीको पक्षमा नबोल्न आग्रह गरिएको छ ।

नेकपा जिल्ला कमिटीको तर्फबाट विप्लव समूहका कार्यकर्ताले एमसिसीको पक्षमा मतदान नर्गन सुझाव दिएका छन् ।

विप्लव नेतृत्वको सो पार्टीले बझाङका सांसद प्रकाश रसाइली र आशा विकलाई पनि एमसीसीको विपक्षमा मतदान गर्न र एमसीसीको पक्षमा मतदान गरे जनकारवाही गर्ने धम्कीसहितको विज्ञप्ती जारी गरेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...