हावासँगै तराईबाट पहाड चढ्यो सलह, थाल ठटाएर हटाउन सकिने विज्ञहरुको सुझाव

Salaha 14

काठमाडौं । झुण्ड–झुण्ड भएर नेपालमा भित्रियो अनिकाल निम्त्याउने गरी नेपाल प्रवेश गरेको सलह तराई हुँदै एकैसाथ पहाडमा पनि पुगेको छ । यसलाई पाकिस्तानी विज्ञले नेपालमा सलह देखिनु असामान्य अवस्था भएको बताएको बताएका छन् ।

शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा सलह किरा प्रवेश गरेको हो । भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना, सर्लाहीको नवलपुर, सिन्धुली, काभ्रे, पाल्पासहित, सुदूरपश्चिमका पहाडसम्म सहल पुगेको छ ।

मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको कृषि वैज्ञानिकहरुले अनुमान गरेका हुन् । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्‍ने बताएका थिए ।

शनिबार बिहान तराईका जिल्लाहरुमा देखिएको सलह हावाको बहावसँगै उकालो लाग्‍न थालेको छ । शनिबार साँझसम्म यो जीव वाग्मती प्रदेश र प्रदेश ५ का पहाडी जिल्लाहरुमा देखिएको हो । यी जीव अहिले तराई क्षेत्रबाट उडान भर्दै पहाडी क्षेत्र पुगेका छन् ।

यो फट्याङग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् ।

फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उढ्छ भने आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित टास्क फोर्सको शनिबार बसेको बैठकले नेपालमा देखिएको सलह मरुभूमि सलह भएको निर्क्योल गरेको छ । टास्क फोर्सले प्रदेश सरकार र स्थानीय तहहरुलाई सक्रिय भएर लाग्‍नुपर्ने निर्णय गर्दै मन्त्रालयलाई आफ्नो राय दिएको छ ।

प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले अहिले विज्ञ टोलीले किरा कतातिर जान्छ र यसको संख्या कति छ भन्‍ने याकिन जानकारी नभएकाले केही भन्‍न सकिने अवस्था नरहेको बताए ।

घर वरिपरि सलह देखिए विज्ञहरुले स्टिलको भाँडा बजाएर भगाउन विकल्प दिएका छन् । त्यस्तै धुँवाको सहयोगमा पनि सलहलाई भगाउन सकिने विज्ञहरुको सुझाव छ ।

सलह एक ठाउँबाट अर्को ठाउँमा गइरहेकाले अहिले विषादी हालेर मार्न सम्भव नभएको पनि हुमागाईंले बताएका छन् । उनले धेरै ठूलो समूह र एकै ठाउँमा भेटिएको अवस्थामा मात्रै विषादी हालेर मार्न सकिने बताए । हाल प्राविधिक टोलीले फिल्डबाट संकलन भएका घटनाहरुको आधारमा यसको अवस्था र बसाइबारे जानकारी लिने काम गरिरहेको छ ।

शनिबार दिउँसो गठित टास्क फोर्सको भर्चुअल बैठकमा नेपालमा सलह देखिनुलाई पाकिस्तानी विज्ञले असामान्य अवस्था भएको बताएका छन् । कृषि विज्ञ तथा वैज्ञानिकहरुसहित सरोकारवालाहरुसँगको छलफलमा पाकिस्तानी विज्ञले नेपालमा सलह देखिनु असामान्य अवस्था भनेका छन् ।

किट विज्ञहरुका अनुसार शनिबार सलहको उडान हेर्दा उनीहरु एक ठाउँमा नबस्‍ने भएकाले दुई घन्टाअघि देखिएका स्थानहरुमा नभेटिने गरेको पाइएको छ । विज्ञहरुले सलह बसेका स्थानहरुमा ठूलो नोक्सानी पनि नदेखिएको बताएका छन् ।

यता प्रदेश ५ सरकारले सलह कीरा नियन्त्रणका लागि सलह समात्नेलाई रकम दिने भएको छ । प्रदेश सरकारले एक किलो सलह समात्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रदेशका विभिन्न जिल्लामा सलह किरा देखिएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश विपद् व्यावस्थापन समितिको बैठकले तत्काललाई सलह किरा नष्ट गर्न प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक किलो सलह जम्मा गरेबापत २० रुपैंयाको दरले दिइने निर्णय भएको जानकारी दिइन् । सलह समातेर नियन्त्रण गर्ने विधि पाकिस्तानमा गरिएको थियो । समातिएको सलह कुखुरा फार्ममा बेचिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...