प्रचण्ड र नेपालले जयशंकरलाई किन भेटेनन् ?

प्रचण्ड र नेपालले जयशंकरलाई किन भेटेनन् ?

काठमाडौँ । प्रोटोकल नमिल्ने भन्दै पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छैनन् । बुधबार नेपाल आएका जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन् ।

उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डलाई बिहान ८ बजे र त्यसपछि माधवकुमार नेपाललाई आफू बसेकै होटलमा भेट्न निम्ता पठाएका थिए । पूर्वप्रधानमन्त्री एवम् पार्टीको अध्यक्ष र वरिष्ठ नेताको हैसियतमा अर्को मुलुकमा विदेश मन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादाविपरीत हुने भन्दै भेट अस्वीकार गरेका हुन् ।

नेपालभन्दा अगाडि बोलाइएका प्रचण्डले आफू नजाने बताएपछि नेपालले पनि सोही आधारमा जयशंकरका तर्फबाट आएको निम्तो अस्वीकार गरेको उनी निकट स्रोतले बताएको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...