ओलीको अनुपस्थितिमा समेत दाहालले बैठक बोलाउने

ओलीको अनुपस्थितिमा समेत दाहालले बैठक बोलाउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युुनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले नै अब पार्टी बैठक राख्ने भएका छन् । बिहीबार बिहान बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि पार्टी बैठक बस्नसक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यो निर्णयपछि अब अध्यक्ष ओलीको अनुपस्थितिमा पनि नेकपाको सचिवालय बैठक बस्ने भएको छ ।

यसअघि दुवै अध्यक्ष नभएसम्म बैठक नबस्ने सहमति थियो । तर, प्रधानमन्त्री एवम् अध्यक्ष ओली सिंगापुरमा केही समय बस्ने भएकाले अध्यक्ष दाहाललाई बैठक राख्ने अख्तियारी दिइएको हो । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर प्रस्थान गर्दैछन् ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...