७ अंक पुर्‍याउँदै युभेन्टस पुग्यो शीर्ष स्थानमा

Uvents jit

काठमाडौं । ईटालियन सिरी ए फुटबलमा युभेन्टसले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । २८ औं चरणको खेलमा लिच्चेलाई ४–० ले हराउँदै युभेन्टसले दोस्रो स्थानको लाजियोसँगको दुरी ७ अंकमा पुर्‍याएको हो ।

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि युभेन्टसले दोस्रो हाफमा चार गोल गरेको थियो । ३१ औं मिनेटमा फाबियो लुसिनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिच्चे १० खेलाडीमा सीमित बनेको थियो ।

५३ औं मिनेटमा पउलो डेवालाको गोलमा अग्रता बनाएको युभेन्टसका लागि ६२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जारी सिजन रोनाल्डोको यो २३ औं गोल हो । दोस्रो हाफमा एकतर्फी खेल पस्किएको युभेन्टसका लागि ८३ औं मिनेटमा गोन्जालो हिगुईन र त्यसको २ मिनेटपछि म्याथिस डि–ग्लीटले गोल गरेका थिए ।

२८ खेलबाट ६९ अंक जोडेको युभेन्टस लाजियो भन्दा ७ अंकले अघि बढेको हो । यद्यपि लाजियोले एक खेल कम खेलेको छ ।

सिरि ए फुटबलमा आज थप ३ खेल हुनेछन् । आज ब्रेसियाले जिनोआसंग प्रतिस्पर्धा गर्दा काग्लीयारी र टोरिनो पनि आमने सामने हुनेछन् । उपाधि होडमा रहेको लाजियोले फियोरेन्टिनासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...