आज देशभर वर्षा हुने, सतर्क रहन आग्रह

Weather nepal

काठमाडौं । आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज देशका धेरै भूभागमा सामान्य बदली रही धेरै ठाउँमा मेघ गर्जनसहित चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदको सुझाव छ ।

आज राति देशका सबै ठाउँमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा हुने ठाउँमा नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनउन मौसमविदको सुझाव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...