नेपाली गुठीले दियो इटहरीको बौकाझोडामा राहत सामाग्री

Itahari help 12

इटहरी । नेपाली गुठी एसोसियसन पेन्सलभेनिया अमेरिकाले सुनसरीको इटहरी ३ बौकाझोडामा रहेका दलित तथा विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।

ग्रामिण क्लव हाउस इटहरीको संयोजन र सोही क्लबकी तारादेवी सुवेदी (खनाल) को पहलमा इटहरी उपमहानगरपालिका वडा नं. ३ बौकाझोडामा शुक्रबार ३० घर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।

गत पुस अन्तिम सातादेखि फैलिएको कोरोना भाइरसका कारण समस्यामा परेका बौकाझोडाका दलित र अति विपन्न परिवारलाई वडाध्यक्ष बालकृष्ण विष्टले हस्तान्तरण गरे ।

सो खाद्यन्न वितरण कार्यक्रममा क्लवका महासचिव धर्मप्रसाद सुवेदी, क्लबका सदस्य पूर्ण कार्की लगायतले सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...