नेपालमा काेराेना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्याे

१२३२३२४७८७

काठमाडौं । पछिल्लो २४ घन्टामा शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

मोरङ, झापा, सुनसरी, अछाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, प्युठान लगायतका जिल्लामा गरी ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टमा मोरङका २ जना, झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, सिरहाका ६ जना, अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना, बाजुराका २७ जना, बाराका २ जना, दार्चुलाका ३ जना, डोटीका ४६ जना, गोरखाका ५ जना, कैलालीका ३१ जना, कञ्चनपुरका ४२ जना, कपिलवस्तुका २१ जना, रौटहटका ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

सल्यानका ४ जना, गोरखाका १ जना, नवलपरासी पूर्वका २३ जना, नुवाकोटका १ जना, काठमाडौंका ३ जना, चितवनका १२ जना, गुल्मीका १२ जना, सिन्धुलीका ६ जना, कास्कीका २ जना, लमजुङका ६ जना, बागलुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, गुल्मीका १३ जान, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना, दाङका ७५ जना, प्युठानका २० जना, दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना र जुम्लाका ३ जना रहेका छन् ।

योसँगै कोरोना निको हुनेको संख्या २ हजार ६ सय ९८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...