रुकुम पश्चिम अपडेट : फरार ५ जना अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी (आदेशसहित)

Rukum adalat 12

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ स्थित सोती गाउँमा गत जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाका अभियुक्तमध्ये फरार ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रुकुम जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्दै नियमानुसार गर्न आदेश गरेको हो । नवराजसहित ६ जनाको हत्यामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गरिए पनि हालसम्म २९ जना अभियुक्त पक्राउ परेका छन् ।

घटनापछि दर्ता भएको अभियोग पत्र र थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले यस्तो आदेश गरेका हुन् ।

अदालतको आदेशमा भनिएको छ ‘फरार प्रतिवादीहरू तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढाका नाममा नियमानुसारको पक्राउ पूर्जी जारी गरि नियमानुसार गर्नू ।’

आदेशमा घटनाका २३ प्रतिवादीलाई मुद्दा पुर्पक्षको लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेसँगै कारागार चलान भएका छन् ।

तर, अदालतले मागेको एक लाख धरौटी नबुझाउँदा प्रेमिका भनिएकी शुष्मा मल्लकी आमा प्रकाशी मल्ल पनि अन्य २३ जना प्रतिवादीसँगै कारागार चलान भएकी छन् । यो घटनामा अन्य ३ जनालाई साधारण तारेखमा छोड्न आदेश दिइएको छ ।

rukum1rukum2rukum3now4rukum5rukum6rukum7rukum8rukum9

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...