इन्सपेक्टरले ३ लाख रुपैयाँ लुकाएपछि यसरी मच्चियो सशस्त्र प्रहरीमा खैलाबैला

Army

बीरगञ्ज । सशस्त्र प्रहरी बलले ९ लाख रुपैयाँ बरामद गरे पनि ६ लाख मात्र देखाएर ३ लाख लुकाएको चर्चाले यतिबेला बीरगञ्ज तातेको छ । सशस्त्र प्रहरीको भिस्वास्थित बीओपीले गत आइतवार ६ लाख रूपैयाँ नेपालीसहित एक जनालाई नियन्त्रणमा लिएको कुरा सार्वजनिक ग¥यो ।

तर हुण्डी तस्कर मोहन ठाकुरले ९ लाख रूपैयाँ भए पनि सशस्त्र प्रहरीले बरामदका क्रममा ३ लाख रूपैयाँ लुकाएर ६ लाख रूपैयाँमात्रै देखाएको सार्वजनिक गरेपछि सशस्त्र प्रहरीमा खैलाबैला भएको छ र छानविन हुनु पर्ने माग उठेको छ ।

स्मरणरहोस्, मोहन ठाकुर लामो समयदेखि हुण्डी कारोवारीका रूपमा वीरगञ्ज त्यसमा पनि विशेष गरेर भिस्वा क्षेत्रमा चर्चित व्यक्तिका रूपमा चिनिन्छन् । यसअघि पनि सोही बीओपीले २२ लाख नेपाली रकमसहित एक जनालाई पक्राउ गर्न सफल भएको थियो ।

भारत बिहारको सिक्टाबाट नेपाल प्रवेश गरी भित्रँदै गरेका व्यक्ति सीमामा सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले ल्याएको झोला छोडी भागेको र उक्त झोला खानतलासी गर्ने क्रममा ६ लाख नेपाली रूपैयाँ बरामद भएको सो बीओपीका निरीक्षक हरि पराजुलीले जानकारी गराएका थिए ।

ती व्यक्ति को हुन् भन्ने कुरा प्रहरीलाई थाहा नभए पनि उक्त रकम हुण्डीको हो भन्ने कुरा चाहिँ पुष्टि भएको छ ।

लकडाउनका समयमा नेपाल भारत सीमा क्षेत्र सिल गरिएको अवस्थामा पनि हुण्डीको कारोवार ठूलो मात्रामा भइरहेको कुरा भिस्वास्थित सशस्त्रको बीओपीले एकपटक ६ लाख र त्यसअघि २२ लाख रूपैयाँ बरामद गरेको घटनाले पनि पुष्टि हुन्छ । उक्त रकम भिस्वाकै हुण्डी कारोवारी ठाकुरको भएको आशंका गरिएको छ ।

भिस्वा घर भएका ठाकुर लामो समयदेखि हुण्डी कारोवारमा संलग्न व्यक्ति हुन् । उनले मियाँ थरका दुईजना व्यक्तिलाई साझेदारका रूपमा राखेर लामो समयदेखि भिस्वा क्षेत्रबाट हुण्डीको कारोवार संगठित रूपमा गर्दै आएका थिए ।

लकडाउनका समयमा पनि उनको यो कारोवार राम्रोसँग चलिरहेको अवस्थामा हुण्डीको रकम बोक्नेहरूले सावधानी नअपनाउँदा २ पटकसम्म हुण्डीको रकम पक्राउ परेको बताइन्छ । २ पटक गरी ३१ लाख रूपैयाँ हुण्डी कारोवारी ठाकुरलाई घाटा लागिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...