४५ मिनेट ढिलो सुरु नेकपा सचिवालयको बैठकमा छिर्‍यो रुकुम घटना

Nekapa isathai commitee baithak

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ४५ मिनेट ढिलो सुरु भएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक ४५ मिनेट ढिलोगरी मात्र सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा विभिन्न सात वटा एजेण्डामा स्थायी कमिटीका सदस्यले आ–आफ्नो धारणा राख्ने तय भएको छ ।

आजको बैठकमा कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, एममसीसी, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

सो बैठकका विविध शीर्षकमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताका विषयमा पनि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकको उद्घाटन मन्तव्यका क्रममा नेताहरुबीच परस्परविरोधी अभिव्यक्ति आएपछि दुवै पक्षले त्यसैअनुसार आजको बैठकमा आफूलाई प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई घेराबन्दीमा पारिएको जनअपेक्षा अनुसार सरकारले काम गर्दा पनि आलोचना भएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसको प्रतिवाद गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम गराइको गतिले अबको ढाइवर्षमा पार्टी समाप्त हुने बताएका थिए ।

प्रधानमन्त्री ओलीले बोल्दै गर्दा वरिष्ठ नेता माधवकुमार नेपालले त्यसको प्रतिवाद गरेका थिए । ओलीले सरकारको काम जनअपेक्षा अनुसार भएको तर्क गर्दा नेपालले ‘जनतालाई गएर सोध्नुस्, गुणगान सुनेर कानै दुखिसक्यो’ भनेर टिप्पणी गरेका थिए ।

पार्टी अध्यक्षले प्रष्टसँग दुई लाइनमा आआफ्नो मन्तव्य राखेपछि स्थायी कमिटी सदस्यहरुले पनि दुईधारमा कुरा गर्ने तयारी गरेका छन् । ओली निकट नेताहरुले सरकारको कामको बचाउ गर्ने र पार्टीमा प्रधानमन्त्री ओलीलाई अप्ठयारोमा पार्न खोजिएको जिकिर गर्ने तयारी गरेका छन् ।

प्रचण्ड-नेपाल पक्षधर नेताहरुले प्रधानमन्त्रीको दुवै पदबाट राजीनामा माग्नेगरी तयारी थालेका छन् । उनीहरुले अनौपचारिक छलफल गरेर बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरेका छन् । प्रधानमन्त्री ओलीले कि प्रधानमन्त्रीबाट होइन भने अध्यक्षबाट राजीनामा दिनु नै अहिलेको निकास भएको एक सचिवालय सदस्यले बताएका छन् ।

यी हुन् सातवटा एजेण्डा
१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन ।
२. कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा ।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६. एममसीसीका सम्बन्धमा ।
७. विविध ।
क. रूकुम घटना
ख. नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूको भत्ता ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...