नेपाल, चीन र भुटानसँग आखिर किन चिसिँदैछ भारतको सम्बन्ध ? यस्तो छ कारण

India nepal vutan sambandha

काठमाडौं । भारत आफ्ना छिमेकी देशसँगको विवादले घेरिएको छ । नेपाल, पाकिस्तान, बंगलादेश, चीन, माल्दिभ्स र श्रीलंकासँग विभिन्न कारणको विवादमा परेको भारत उसको सबैभन्दा नजिकको मानिएको भुटानसँग पनि विवाद झिकेको छ । भुटानलाई आफ्नो नदीबाट आफ्नै देशमा सिंचाइ गर्न रोकेपछि भुटानले पनि आफ्नो नदीको पानी नै  रोकेको छ ।

विवाद बल्झिँदै गएपछि भुटानले केही महिना पहिले पर्यटकको रुपमा भुटान प्रवेश गर्ने भारतीयलाई दैनिक झण्डै दुई हजार रुपैयाँ शुल्क लगाएको थियो । कोरोनाका कारण अहिले त त्यहाँ कुनै पनि देशका व्यक्तिलाई प्रवेश रोकिएको छ । यहीँबीचमा पानीको विवाद चर्किएपछि भुटानले भारतीय असममा पर्ने बक्सा जिल्लामा पानी नै राकेर भारतलाई गतिलो जवाफ फर्काएको छ ।

भुटानले पानी रोकेर आफूहरुलाई समस्यामा पारेको भन्दै बक्सा जिल्लामा भुटानविरुद्ध प्रदर्शन भएको छ । इण्डिया टुडेका अनुसारत्यहाँका २६ गाउँका ६ हजार भन्दा धेरै किसान डोङ्ग नदीको पानीमा निर्भर थिए । सन् १९५३ देखि भारतले उक्त नदीलाई आफ्नो सिंचाइमा प्रयोग गर्दै आएको थियो । तर अहिले भुटानले पानी रोकेपछि यी दुई देशबीचको विवाद चर्किएको छ ।

भुटानविरुद्ध प्रदर्शन गरेका किसानले केन्द्र सरकारलाई प्रभावकारी पहल गर्न आग्रह गरेका छन् । उनीहरुले सडक अवरुद्ध पारेर भुटान विरोधी नारा लगाएका थिए । त्यसले दुई देशबीचको सम्बन्धमा थप समस्या निम्ताएको छ । यो विवादको मुख्य कारण पनि कोरोनासँग सम्बन्धित भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

काला नदीको पानीबाट सिंचाइ गर्ने किसान भुटान प्रवेश गर्न पाएका छैनन । उनीहरुले भुटानको नदीबाट पानी ल्याउन नपाएको र भुटानले पानी नदिएका कारण समस्या परेको बताएका छन् । किसानले भुटानले पानी नदिएको र वैकल्पिक स्रोतसम्म जानका लागि पनि अनुमति नदिएको किसानको गुनासो छ । उनीहरुले प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् ।

अहिलेसम्म राहदानी नभए पनि भुटान प्रवेश गर्ने भारतीयलाई भुटानले अन्य मुलुकलाई जस्तै भिसाका लागि शुल्क निर्धारण गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको छ । नेपाल, भुटान, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र चीन सबै छिमेकीसँग भारतको राम्रो सम्बन्ध छैन । कुनै न कुनै प्रकारको विवादमा भारत परिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...