भेरी नगरपालिकाले ल्यायो ६८ करोड ५ लाख ५८ हजार रुपैयाँको बजेट

Jajarkot news

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले भौतिक पूर्वाधारका योजनालाई प्राथमिकतामा राख्दै ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ ।

बिहिबार उपप्रमुख भावना भण्डारीले नीति तथा कार्यक्रमका साथमा ६८ करोड ५ लाख ५८ हजार ८ सय रुपैयाँको योजना आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि प्रस्तुत गरिन् ।

भण्डारीले प्रस्तुत गरेको बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ १० करोड २३ लाख ६२ हजार ८ सय र पूँजीगत खर्चतर्फ १३ करोड ९५ लाख ९६ हजार, सर्शत अनुदान तर्फ ३३ करोड ७३ लाख र सामाजिक सुरक्षा भत्ता १० करोड १३ लाख बजेट उल्लेख छ ।

नगरपालिकाले वन वातावरण र विपद व्यवस्थापन तथा सुशासन र संस्थागत विकासलाई पनि उत्तिकै प्राथमितामा राखेको छ । उनले सामाजिक विकासमा अन्य क्षेत्र जस्तै युवा, खेलकुद, लैङ्गिक समानता तथा सामाजिक समावेशी, मजदुरका विषयमा बजेट सहितको कार्यक्रम रहने नीति प्रस्तुत गरेकी छन् ।

नगरप्रमुख चन्द्र प्रकाश घर्तीको अध्यक्षतामा भएको नगरसभामा भण्डारीले स्वास्थ्य, शिक्षा र कृषी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...