रोयल बरो अफ ग्रीनह्वीच नेपाली सोसाइटी युकेले गलकोटमा दियो खाद्यन्न

Galkot rahat

काठमाडौं । बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनह्वीच नेपाली सोसाइटीले बागलुङमा ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

सो संस्थाले बागलुङको गलकोट –३ मा रहेका ५० घर विपन्न विपन्न परिवारलाई बिहीबार एक कार्यक्रम गरेर खाद्यन्न सामाग्री वितरण गरेको हो । बेलायतमा रहेको रोयल बरो अफ ग्रीनह्वीच नेपाली सोसाइटीमा आवद्ध झण्डै ४६ भन्दा बढी सदस्यहरुको आर्थिक संकलन गरेर पठाएको रकमबाट गलकोटमा राहत वितरण गरिएको हो ।

कोरोना संक्रमणका कारण श्रमजीवी समुदायमा पैदा भइरहेको खाद्य संकट समाधान गर्न संस्थाले राहत स्वरुप प्रति घर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका नुन वितरण गरिएको अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन् ।

संस्थाका उपाध्यक्ष तथा एनआरएनए युकेका सचिव जित रानाभाटले सन्चालन गरेका थिए । स्थानीय रुपमा गलकोट नगरपालिकाकी उपमेयर रेनुका काउचा, वडाध्यक्ष बिरजङ भण्डारी, नेकपा प्रतिनिधि चित्र सहानी, नेपाली कांग्रेसका प्रतिनिधि फमबहादुर खत्री, राष्ट्रिय जनमोर्चा प्रतिनिधि पदम श्रेष्ठ, वडा सदस्य तुलसी परियार, युवा अभियान्ता अनिल नेपाली लगायतले राहत हस्तान्तरणमा सहजीकरण गरेका थिए ।

जुममार्फत लाइभ गरिएको उक्त कार्यक्रम पूर्वमन्त्री तथा रास्ट्रिय सभाका नेकपा संसदीय दलका नेता नेता दिनानाथ शर्माले कोरोनाको महामारी बिरुद्धको लडाइँमा स्वदेश र बिदेशमा रहने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवस्यक रहेको बताए ।

उनले बिषम् परिस्थितिमा राहत प्रदान गरेर संस्थाले मानवीय काम गरेको बताउँदै शर्माले कोरोना भाइरसको महामारीबाट बिचलित नभई बेलायतमा रहेर पनि आफ्नो मातृभुमी र नागरिकप्रति उत्तरदायी हुने सहयोगीहरु प्रति सम्मान व्यक्त गरे ।

सो कार्यक्रममा नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा एनआरएनए युकेका सदस्य धनबहादुर सार्कीले संयोजन गरेको सो कार्यक्रममा संंस्थाका महासचिव मञ्जु भण्डारीले संकटको बेला आफ्नो मातृभुमीप्रति समर्पित हुनु असल नागरिकको कर्तब्य भएको बताइन् ।

कार्यक्रमलाई जुममार्फत नेपाल सरकार दलित बिकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बेलायतबाट संस्थाका आइसिसी सदस्य लिलादेबी गुरुङ, भाषा तथा संस्कृती बिभाग संरक्षक एवं सस्थाका पूर्वअध्यक्ष अध्यक्ष हरि गोबिन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, रोयल नेप्लिज हाइली स्किल प्रोफेसनलका पूर्वअध्यक्ष तथा बिजनेस बिभाग सचिव पुण्यप्रसाद रेग्मी, सल्लाहकार श्याम सेरचन, आलन पाण्डे, ह्यारी गुरुङ, कानुनी सल्लाहकार दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...