सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले भनेः प्रतिगमकारीको चर्को स्वर सुनियो, हामी एक होऔं

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले भनेः प्रतिगमकारीको चर्को स्वर सुनियो, हामी एक होऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संघीयतासँगै संविधानमाथि प्रहार भइरहेको भन्दै प्रमुख राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन् । सरकार गठन भएपछि १८ महिनापछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री ओलीले प्रगतिमनकारीहरुको स्वर चर्को भएको भन्दै गणतन्त्र, संघीयताका लागि लडेका दलहरु एकतावद्ध हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

आइतबार मात्र संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले राजतन्त्र फर्काउँछौं भनेर उफ्रिएको भन्दै बेमौसमको बाजा नबजाउन आग्रह गरेका थिए । त्यसको दुई दिनपछि संसदमा भएका प्रमुख चार दलको बैठक बोलाएर यही मुद्दामा छलफल गरेका छन् ।

र बैठकमा ओलीले राजावादी र नेकपा विप्लव समूहप्रति आक्रमक देखिएका थिए । ‘प्रधानमन्त्रीले सविधानमाथि प्रहार भइरहेको छ, यसलाई क्षतविक्षत गर्ने प्रयत्न हुन थालेको देखिएको छ । यसका निम्ति संघर्ष गर्ने पार्टीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भन्नुभयो’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने ।

‘प्रतिगमनकारीहरुले चर्को स्वर गरेका छन् । लोकतान्त्रिक व्यवस्थामाथि नै आक्रमण हुन थालेको छ’ भन्दै प्रधानमन्त्रीले बढी छुट दिएर पो हो कि भनेका थिए । यद्यपि प्रगतिगमन सन्निकट आइसक्यो भन्ने आफूहरुको निष्कर्ष नभएको श्रेष्ठले सुनाए प्रधानमन्त्री ओलीले विप्लव समूहको हिंसात्मक गतिविधिविरुद्ध पनि दलहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।

जवाफमा कांग्रेस सभापति शेरबहदुर देउवा र राजपा नेताहरुले पनि संविधानको रक्षाका लागि एकतावद्ध रहेको बताए । ‘देउवा र अरुले पनि गणतन्त्र, संघीय लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्ने प्रश्नमा एकतावद्ध छौं । यसमा प्रहार भयो भने सहन गर्दैनौं भन्ने व्यक्त गर्नुभयो’ प्रवक्ता श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो कसैप्रति आग्रह पूर्वाग्रह नभएको बताएका छन् । विगतलाई हेरेर आफूप्रति पनि मानिसहरुको विभिन्न धारणा रहेको भन्दै उनले तेरो मेरो नभनेर देश बनाउन एक हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...