ब्याजमा मिनाहा दिन होटल व्यवसायीको माग

Cartoon hotel

काठमाडौँ । तीन महिनादेखि व्यवसाय बन्द भएको जनाउँदै होटल व्यवसायी सङ्घ सुर्खेतले सो अवधिको ब्याज मिनाहा दिन सरकारसँग माग गरेको छ ।  ब्याज मिनाहासँगै सङ्घले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै सङ्घले व्यवसायीले घर भाडा र बैंकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको दुखेसो गरेको छ । सङ्घका अध्यक्ष गोरख रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सुर्खेत जिल्लामा मात्रै एक हजार २५० भन्दा बढी होटलहरु छन् । यसमा करीब छ हजार बढी जनशक्तिले रोजगारी पाइरहेको अवस्था छ । बन्दाबन्दीका कारण होटल व्यवसाय बन्द हुँदा नागरिकको रोजगारी मात्रै गुमेको छैन, अर्बौको नोक्सानी भएको छ ।”

सङ्घले होटल व्यवसायी सबैभन्दा बढी घरभाडाका मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा र संक्रमणकाल रहुञ्जेलका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकार भएकाहरुसँग आग्रह गरेको छ ।

अध्यक्ष रावतले छुटका लागि घरधनीलाई समेत राहत पुग्ने गरी विशेष कोषमार्फत सम्बोधन गर्न सरकारसँग माग गरिएको जनाउँदै अहिलेकै अवस्थामा घर भाडा तिर्न नसकिने बताए । सङ्घका महासचिव जनकबहादुर सिंहले एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिन सरकारसँग माग गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...