आज पनि चल्न सकेन कर्णाली प्रदेशसभा बैठक

Rastriya sava

काठमाडौँ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २२औंँ बैठक आज पनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो ।

सभामुख राजबहादुर शाहीले बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय तथा आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालयका शीर्षकमाथिको छलफल प्रारम्भ गरेलगत्तै  काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसहित प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गरेका थिए ।

दलका नेता शाहीले नागरिकले स्पष्ट बुझ्ने गरी आव २०७७/०७८ का वार्षिक विकास कार्यक्रमको किताब सरकारले नल्याए एवं विनियोजन विधेयकको मर्म र भावनानुरुप अगाडि नबढेसम्म बैठक चल्न नदिइने चेतावनी दिए ।

सभामुख शाहीले बैठकमा हुने छलफलमा सरकारको धारणा सुनेर प्रश्न गर्न आग्रह गरेका थिए ।  प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले अडान कायम राखेपछि सभामुख शाहीले यही असार १२ गते अपराह्न ३ः०० बजेसम्मका लागि बैठक स्थगन गरिएको सूचना गरेका थिए ।
 

प्रतिकृया दिनुहोस