बुवाआमाको पशुतुल्य कुकर्मः १५ वर्षदेखि श्रीमतीको सहयोगमा आफ्नै दुई छोरीलाई बारम्बार बलात्कार

काठमाडौँ । बाबुले आफ्नै दुई छोरीलाई विगत १५ वर्षदेखि बलात्कार गदै आएको घटना बाहिरिएको छ । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक बाबुले आफ्नो छोरीलाई विगत १५ वर्षदेखि बलात्कार गदै आएको खुलेको हो । ती यौन पिचासु बाबुले दुई छोरीलाई बलात्कार गर्ने गरेको र कसैलाई भने मारिदिने धम्की दिँदै आएको बुझिएको छ ।

जब ठुली छोरीले ठुलो हिम्मत गरेर आशा ज्योति केन्द्रलाई पत्र लेखेर पठाइन् तब यो घटना बाहिर आएको हो  । यी दुई दिदी बहिनीले बाबुको यौन शोषणको चुगुलबाट छृट्नका लागि सहयोग पाए । पत्र पाउने वित्तिकै आशा ज्योति केन्द्रले गत आइतबार राती ती दुई किशोरीलाई घरबाट उद्धार गरेर बाल कल्याण समितिलाई बुझाएको छ।

त्यसपछि समितिको उजुरीपछि उत्तर प्रदेश प्रहरीले मुद्धा दर्ता गरेको छ । आरोपित बुवाको विरद्धमा लखनउको चिनहट थानामा उजुरी दर्ता गरेको छ । यौन पिपासु बुबा भने अझै फरार रहेका छन् । जानकारी अनुसार ती आरोपित बुबा एक ठेकेदार भएको बुझिएको छ । उनले बर्षाैँदेखि आफ्नी दुई छोरीलाई बलात्कार गदै आएका थिए ।

ती दुई छोरी मध्य जेठी छोरीको उमेर २२ वर्ष र कान्छी छोरीको उमेर १५ वर्ष भएको जनाएको छ । प्रहरीले आरोपित बुबाविरुद्ध पोक्सो अन्र्तगत मुद्धा दर्ता गरेको छ । पिडित किशोरीका अनुसार आफुलाई यौन शोषण गर्न आफ्नै आमाले बुवालाई सहयोग गर्ने गरेको बताइन् । साथै सो विषयमा कसैलाई भनेमा मारिदिने धम्की दिँदै आएका थिए ।

बुबाको बारम्बार बलात्कार बाट जेठी छोरी ४–५ पटक गर्भवतीसमेत भएकी थिइन् । तर आफ्रनै आमाले गर्भ तुहिने औषधि खुवाएर मुख बन्द गर्न लगाउथिन् । प्रहरीमा उजुरी दर्ता गरिएको छ भने फरार बाबुको खोजी भैरहेको त्यहाँको प्रहरीले बताएको छ । एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...