पोग्वाले पेनाल्टी गुमाउँदा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँगको खेल बराबरी

पोग्वाले पेनाल्टी गुमाउँदा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँगको खेल बराबरी

स्टार खेलाडी पउल पोग्वाले पेनाल्टी गुमाउँदा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरीमा चित्त बुझाएको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइेटडले एक गोलको अग्रता जोगाउन सकेन भने पाएको पेनाल्टीको पनि सदुपयोग गर्न सकेन । खेलको २७ औं मिनेटमा एन्टोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

उनले क्लबका लागि ५० गोल पूरा गरेका छन् । पहिलो हाफमा एकगोलको अग्रता बनाएको युनाइेटड विरुद्ध घरेलु टिम उल्भ्सले ५५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका रुवेन नेभेसले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याए । त्यसपछि ६८ औं मिनेटमा युनाइटेडले अर्को गोलको मौका पाएको थियो । उसले पाएको पेनाल्टीमा पउल पोग्बा पूर्ण रुपमा चुक्न पुगे ।

गएको सिजनदेखि अहिलेसम्म पोग्वाले पेनाल्टी गुमाएको यो पहिलो पटक हो । यो सिजनको पहिलो खेलमा चेल्सीमाथि चार शून्यको प्रभावशाली जित निकालेको युनाइेटडले गएराति पाएका मौकाको राम्रो सदुपयोग गर्न नसक्दा अंक बाढ्नुपर्‍यो ।  खेलपछि प्रशिक्षक ओले गुनरले रासफोर्ड र मार्टियन फ्रन्टलाईन अझ क्लिनिकल हुन आवश्यक रहेको बताए । योसँगै युनाइेटडले दुई खेलमा चार अंक बनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...