चट्याङ लागेर ४ जनाको मृत्यु, १ जना गम्भीर घाइते

Chatyang logo

सप्तरी । सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका(९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव , महदेवा गाउँपालिका(२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव राजगढ गाउँपालिका १ जनाको मृत्यु भएको हो ।

घरमा पूजा लगाएर नुहाउन गएका उनीहरु कोसी ब्यारेज पुगेका थिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिए ।

आँगनमा काम गरिरहेकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।

मृत्यु भएका ३ जनाको परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकार घटनाबाट मर्माहत भएको बताउँदै तीनैजनाको परिवारलाई एक–एक लाख रुपैयाँ दिने बताए ।

प्रतिकृया दिनुहोस