बिरामी बोक्न पोकली जाँदै गरेको एम्बुलेन्स भीरबाट खस्दा चालकको ज्यान गयो

1071260642jeep accident bwgktgtjs9

काठमाडौँ । जिल्लाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना भएको छ । सो क्रममा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जाँदै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिके भीरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टि गरेको छ ।

गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए ।

वडा नम्बर ८ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स मगाएपछि चालक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए ।

दुर्घटनास्थल कात्तिके भीरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स खसेको गाउँपालिकाले जनाएको छ । घटनास्थलमा अहिले स्थानीय प्रहरी पुगिसकेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...