लकडाउनमा नक्कली पास बिक्री गर्ने दुई जना सिरहाबाट पक्राउ

Unnamed

काठमाडौँ । लकडाउनमा नक्कली पास बिक्री वितरण गर्ने दुईजना सिरहाबाट पक्राउ परेका छन् । लकडाउनको समय प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास किर्ते बनाई बिक्री वितरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

लहान नगरपालिका वडा नम्बर १ मा रहेको मेरो साईबर एण्ड ट्राभल्समा खान तलासी गर्दा वडा नम्बर ८ का साइबर सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतोलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।

दुवै जनालाई विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एकथान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एकथानसहित नियन्त्रणमा लिएर दुवैजनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।

 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...