आज पनि मनसुनी वायुको प्रभावले देशभर मौसम बदली हुने

Weather nepal

काठमाडौं । आज पनि मनसुनी वायुको प्रभावले देशभर नै मौसम बदली रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । अहिले सामान्य बदली रहेको वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग नजिक रहेको र न्यूनचापीय रेखा नेपालतर्फ हुँदा मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।

आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेश तथा कर्णालीका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षापछि कोशी, नारायणी सहित शाखा नदी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्नेछ । तर सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...