ओलीका बेसारे पछिका कुरा र तस्विर समर्थनका की विरोधमा ? यसरी छ्याप्छ्याप्ती भरियो सामाजिक सञ्जाल

Rangin foto

काठमाडौं । एक हप्तादेखि नेपालीहरुको सामाजिक सञ्जाल फेसबुकमा बेसारे तस्विरहरु भाइरल बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्दै कोरोनासँग लड्ने सन्दर्भमा बेसारको उपयोगीताबारे लामै गफ दिएका थिए ।

प्रधानमन्त्रीलाई उल्याउँदै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागको छ । सामाजिक सञ्जालमा बेसारे तस्विर नराख्ने त कमै छन् । नराख्दा पनि पछूतो लाग्ने जस्तै भएको छ । मानिसहरुले धमाधम आफ्नो फेसबुकको टाइमलाइनमा ‘बेसारे फोटो’ सेयर गर्न थाले । धेरैले यसलाई प्रोफाइल पिक्चर नै बनाएका छन् ।

जनताको पीसीआर परिक्षण गर्न नसक्ने सरकार बेसारमा भर परेको भनेर सडकमा समेत प्रदर्शन गरिए । कतिपयले बेसारको महत्व बुझाइदिएको भन्दै प्रधानमन्त्रीको प्रशंसा पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्दै कोरोनासँग लड्ने सन्दर्भमा बेसारको उपयोगीताबारे गफ दिएका थिए । अहिले नेपालीहरुको सामाजिक सञ्जाल फेसबुकमा बेसारे तस्विरहरुले वाल भरिएका हुन् ।

प्रधानमन्त्रीको बेसारसम्बन्धी भाषणपछि सुरु सिलसिलाले अहिले अभियानकै रुप लिएको छ । तर, अलमलमा के परिन्छ भने यो बेसारे तस्वीर प्रधानमन्त्रीको समर्थनमा हो कि विरोधमा ? किनकी सरकारका समर्थक र विरोधि दुवैथरिले उत्साहका साथ बेसारे तस्वीर पोष्ट गरिरहेका छन् । दुवैथरिले पहेलो रंगलाई बेसारको प्रतिबिम्बका रुपमा अर्थ्याइएका छन् ।

गहिरो विश्लेषण गर्दै मिश्रले लेखेका छन्, ‘सामाजिक सञ्जालमा फैलिरहेको यो सौम्य सुन्दर बेसारे रंगमा आजका युवाको विद्रोहको आवाज, आक्रोश र भविष्यको आकांक्षा पोतिएको छ भन्दा फरक नपर्ला ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा समेत आफ्नो फोटोमा बेसार दलेका छन् । उनले आफ्नो प्रोफाइलमा बेसारे तस्वीर राखेका छन् तर यसको ब्याख्या भने गरेका छैनन् । तर, उनले प्रधानमन्त्रीलाई समर्थन गरेको अर्थमा बुझेर यो तस्वीर प्रयोग गरेको मान्नुपर्ने हुन्छ । भनेपछि बेसारे फोटोका विषयमा मिश्र भ्रममा परेका होलान् कि थापा झुक्किएका ?

यो एप प्रधानमन्त्रीले भाषणलाई उडाउनकै लागि बनाइएको पनि होइन । न यो कुनै नेपालीले बनाएको हो । पहिल्यैदेखि चालु रहेको एपलाई नेपालीहरुले चर्चामा ल्याइदिएका मात्र हुन् । यस एपबाट अरु किसिमले पनि तस्वीरहरुसँग खेल्न सकिन्छ ।

 

 यो अभियानले क-सलाई छोयो  हेर्नुहाेस् केही तस्विरहरु....

uryaप्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा

kishorप्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ

bkराष्ट्रिय दलित पत्रकार संघ काठमाडौँ उपत्यका कमिटी नेपालका उपाध्यक्ष गणेश विक

khilप्रेस काउन्सिल नेपालका कर्मचारी

Durjaनव गायका दुर्गा सिंह

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...