राष्ट्रियताका लागि प्रतिशोधको भावना त्याग्न पूर्वराजाले शाहले गरे यस्तो अपिल

Gyanendra shah

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताका लागि प्रतिशोधको भावना राख्न नहुने बताएका छन् । उनले यो कालखण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने पनि बताएका छन् ।

‘नेपालको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो ? त्यो आम हेक्काको विषय भइसक्यो,’ बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्दछ। राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो ।’

शाहले नेपालको एकीकरण, नेपालको स्वाधीनताको संरक्षण कसले गर्यो भन्ने नागरिकलाई हेक्का रहेको भन्दै त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन् ।

उने अहिले देशमा देखिएको जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण विचारले राष्ट्रिय अस्मितालाई राम्रो नगर्ने तर्क गरे । शाहले संक्रामक रोगका कारण नेपालीले भोग्नुपरेको गाँस, बासलगायत समस्या समाधान गर्न सरकारलाई आग्रह गर्दै यो अवधिमा सामाजिक विकृति र आर्थिक बेतिथि बढेको भन्दै चिन्ता व्यक्त गरे ।

‘रोगको महामारी, राष्ट्रियताको संरक्षण, सीमा समस्या, राष्ट्रहितविरूद्धका सन्धि(सम्झौता तथा हत्या, हिंसा र आत्महत्याजस्ता जल्दा–बल्दा र दुस्खद् विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छन् ?’ भन्दै शाहले ‘भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनहुँ उठिरहन्छन् ? प्रश्न गरेका छन् ।

‘बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति, संस्कृति र पद्धतितिर फर्कनु जरुरी देखिन्छ। यसबाट नै हाम्रो स्वाभिमान र स्वाबलम्वनको परिपाटी फेरि कायम हुन्छ,’ उनले भनेका छन्, ‘केही दशकअघिसम्म आफ्नै गौरव गाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नु परेको छ ।’

‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छन्रु यी सब सोचनीय विषय र विचारणीय कुराहरूको प्रश्न उब्जिरहेको छ,’ शाहले विज्ञप्तिमा भनेका छन् ।

शाहले नेपाल बहुजातीय, बहुभाषिक र बहुविविध भौगोलिक विशेषता रहेको बताउँदै परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो भनेका छन् । ‘त्यसैले अहिले देशमा बढ्दै गएको जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण र दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...