राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलका शीर्ष नेताहरुसँग समसामयिक विषयमा छलफल

Bidya bhandari 29

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएकी छन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिए ।

उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’’, उनले भने,  ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उनीहरुलाई बोलाउनु भएको हो । उनको यो नियमित भेटघाट पनि हो ।’’
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...