रेनेससँग पिएसजी २–१ गोल अन्तरले पराजित

रेनेससँग पिएसजी २–१ गोल अन्तरले पराजित

काठमाडौँ । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको दोस्रो खेलमा पराजित भएको छ । पिएसजी आइतबार राति भएको दोश्रो खेलमा रेनेससँग २–१ गोल अन्तरले पराजित भएको हो । पराजित पिएसजीले खेलको ३६ औं मिनेटमा एडिन्सन काभानीको गोलबाट अग्रता लिएको थियो । पिएसजीको सो अग्रतालाई रेनेसले खेलको ४४ औं मिनेटमा बराबरी गर्‍यो ।

रेनेशले खेलको ४४ औँ मिनेटमा एमब्ये नियाङ्गको गोलमा बराबरी गरेको थियो । १–१ को बराबरीमा रहेको खेललाई त्यसपछि रेनेसले खेलको ४८ औं मिनेटमा २–१ को नतिजामा पुर्‍यायो। रेनेसका लागि सो गोल रोमेन डेल कास्टिलोले गरे । त्यसपछि खेलमा थप गोल भएन र पिएसजी सिजनको दोश्रो खेलमा पराजित भयो ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...