के छ दीपेन्द्र र उर्मिलाको ‘समान सबै जात हजुर’ मा ? (भिडियोसहित)

News photo 7

काठमाडौं । देशभर जातीय हिंसा र हत्या बढ्दै गएका बेला जनचेतनामूलक गीत ‘समान सबै जात हजुर’ बोलको गीत सार्वजनिक भएको छ ।

रुकुम पश्चिममा नवराज विकसहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको र देशभर जातीयताकै आधारमा मारिएका शम्भु सदा, अंगिरा पासीको हत्या लगायतका घटनाका दोशीलाई कारवाहीको माग गर्दै मंगलबार भएको आन्दोलनकै बीचमा ‘समान सबै जात हजुर’ बोलको गीत सार्वजनिक भएको हो ।

नयाँ बानेश्वरमा जारी प्रर्दशनका क्रममा गीतको कांग्रेस नेता जीवन परियार, दलित महिला नेतृ धनकुमारी सुनार, साझा पार्टीका नेता एवं सामाजिक अभियन्ता प्रकाशचन्द्र परियार, नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्मा, जनता समाजवादीका नेता दलमर्दन कामी लगायतका आन्दोनकारीले एकसाथ ‘समान सबै जात हजुर’ बोलको गीत सार्वजनिक गरे ।

दीपेन्द्र रसाइलीको शब्द र संगीत रहेको गीतमा स्वयं रसाइली र उर्मिला लाम्गादेको स्वर छ । सो गीतमा पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाविरुद्ध सचेतना जगाउने उद्देश्यले गीत तयार पारिएको बताइएको छ ।

गीतमा दलित समुदायले लामो समय देखि भोग्दै आएको विभेदविरुद्ध लड्न आव्हान गरिएको छ । गीतमा श्रमको सम्मान गर्नेदेखि खुसी बााड्ने सम्मका भावहरु समेटिएका छन् । नेपाल टेलिभिजनको चर्चित टेलिसिरियल दलनमा समेत अभिनय गरेकी गायिका लाम्गादेले समान ‘सबै जात हजुर’ बोलको गीतले समाजको वास्तविक चरित्र बोलेको बताइन् ।

रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा सर्वजनिक भएको गीतले जातीयविभेद विरुद्ध गतिलो सन्देश दिएको छ । गायक रसाइलीले आफ्नो गीतले समाजमा लामो समयदेखि विद्यमान विभेदविरुद्ध समानताको आवाज उठाएको बताए । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...