नेकपाको वरीयतामा माधव नेपालभन्दा झलनाथ अगाडि

काठमाडौं । सत्तारुढ नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा वरिष्ठ नेता माधवकुमार नेपालभन्दा अर्का वरिष्ठ नेता झलनाथ खनाल अगाडि भएका छन् ।  आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेताको पहिलो वरीयतामा खनाललाई राखेको छ भने दोस्रोमा माधव नेपाल रहने सहमति भएको पार्टीका प्रचार विभाग प्रमुख नारायकाजी श्रेष्ठले बताए । 

त्यसैगरी अखिल नेपाल किसान महासंघको संयोजक रहेका वामदेव गौतमले उक्त पद छोडेका छन् । यसअघि वरिष्ठ नेता नेपालले अर्का वरिष्ठ नेता खनाललाई वरीयतामा आफूभन्दा माथि राख्ने भए आफ्नो पक्षका तीनजना नेतालाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

स्रोतका अनुसार नेपालले अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए । यसअघिको सचिवालय बैठकले बामदेव गौतमलाई उपाध्यक्षमा सिफारिस गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...