काठमाडौंका डेरावालका लागि आजदेखि लागु भयो यस्तो नयाँ नियम (गृहको पत्रसहित)

Kathmanduvalley antipath news of nepal

काठमाडौं । देशभर बढ्दो कोरोना संक्रमणका कारण त्रसित बनेका घरवेटीले आफ्नो घरमा बसनेलाई अनिवार्य पिसीअचर टेष्ट गराउन दवाव दिने गरेका छन् । पिसीआर टेष्ट गर्ने यो झनझटिलो प्रक्रियाका कारण समस्यामा परेका डेरवालका लागि सरकारले केही भए पनि राहत दिएको छ । घरबेटीले त्यसरी जवरजस्ती पिसीआर टेष्टका लागि तत्कालका लागि मुक्ति दिएको छ ।

गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले परिपत्र जारी गरेको हो ।

पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो ।

त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा बोल्दै बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आउने व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् ।

डा गौतमले उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको पनि बताए । उनले उपत्यका बाहिरबाट भित्रिँनेवित्तिकै कोरोना परीक्षण गर्न नपर्ने तर १४ दिन होम क्वारेन्टाइनमा बस्दा कोरोनाको लक्षण देखिएमा भने स्वास्थ्यकर्मीको सल्लाहमा मात्र कोरोना परीक्षण गर्नुपर्ने बताए ।

‘काठमाडौं उपत्यकामा उपत्यका बाहिरबाट भित्रिने घरडेरा गरी बस्ने मानिसहरुलाई केही घरभेटीहरुले कोभिड १९ को पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको बुझिएको छ, यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकषर्ण भएको छ,’ डा गौतमले भने, ‘बाहिरबाट उपत्यका भित्रिनेबित्तिकै कोरोना परीक्षण गर्न नपर्ने र १४ दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने, सो अवधिमा लक्षण देखापरेमा अस्पताल गइ चिकित्सकको सल्लाहमा मात्र परीक्षण हुनेछ ।’

उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन पनि अपिल गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि व्यापार व्यवसाय रोजगार दाता लगायत सबैले सचेत हुनुपर्ने बताएका छन् ।

उनले सबै किसिमका भेला तथा जमघटहरुमा कम्तिमा २ मिटरको दुरी अनिवार्य रुपमा प्रयो गर्ने, घर बाहिर निस्किँदा सर्जिकल मास्क वा तीन तह भएको कपडाको मास्क प्रयोग गर्नुपर्ने बताए ।

यो सँगै थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जगेश्वर गौतमले ४४८ पुरष र ९० जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

हालसम्म २ हजार २२४ जना निको भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

त्यसैगरी २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

home ministry letter

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...