भारतको उत्तराखण्डमा वर्षापछि आएको बाढीले २० घर बगाउँदा १८ जना बेपत्ता

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको बाढीले २० घर बगाउँदा १८ जना बेपत्ता भएका छन् । अहिले पनि उत्तरी भारतका थुप्रै ठाउँमा भीषण वर्षा भइरहेको छ । नदीहरुमा पानीको सतह बढेका छन् । थुप्रै गाउँ डुबानमा परिसकेका छन् । त्यहाँको मौसम विभागले उत्तरी क्षेत्रमा अझै २४ घन्टा भारी वर्षा हुने चेतावनी दिएको छ । बितेको २४ घन्टामा उत्तराखण्डमा ९ जनाको ज्यान गइसकेको छ । 

हिमाचल प्रदेशका ११ जिल्लामा भारी वर्षाको चेतावनीसँगै सिमला र कुल्लु जिल्लाका सबै शैक्षिक संस्था सोमबार बन्द गर्न निर्देशन दिइएको छ । दिल्ली र पन्जाबमा पनि डुबानले समस्या निम्त्याइरहेको छ ।  उता, दक्षिणी राज्य केरलमा बाढीले विध्वंश मच्चाइरहेको छ । केरलमा अहिलेसम्म बाढीबाट ११५ जनाको ज्यान गइसकेको छ । २७ जना बेपत्ता छन् । ९० हजार मानिस राहत शिविरमा शरण लिइरहेका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...