सीमा क्षेत्रमा गोली चल्दा गोरखा राइफल्समा हवल्दार गुल्मीका कार्कीको मृत्यु

Jammu kashmir sena

गुल्मी । भारत– पाकिस्तान सीमा क्षेत्र जम्मुकश्मिरमा गोली चल्दा भारतीय सेनामा कार्यरत गुल्मीका एक युवकले ज्यान गुमाएका छन् । कार्की ३–५ गोरखा राइफल्समा हवल्दार पदमा कार्यरत थिए ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नंं. ५ को गल्फाकोटका शालीकराम कार्कीका कान्छा छोरा गोर्खा सैनिक ३८ वर्षीय दिपक कार्कीको पाकिस्तानी सेनाको गोलाबारीमा परी मृत्यु भएको हो ।

पाकिस्तानी सेनाको गोलाबारीमा सोमबार उनलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा सोमबारै मृत्यु भएको भारतीय सुरक्षा निकायले मृतकका परिवारलाई जानकारी गराएका थिए । उनी जम्मु कश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ रहेको मृतकका दाजु कृष्णले जानकारी दिए ।

३८ वर्षे मृतक कार्कीको मंगलबार गोखरपुरमा स्थित राजघाटमा अन्तिम संस्कारको तयारी गरीएको बुझिएको छ । अन्तिम संस्कार अघि गोरखपुरमा सेनाको टुकुडीले उनलाइ सम्मान अर्पण गर्नेछ ।

अन्तिम संस्कारमा सहभागी हुन मृतककी श्रीमती, छोराछोरी, भाउजु र अंकल गोखरपुर पुगेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...