सरकारी कार्यालयले प्रचलनमा ल्याए नयाँ नक्सा अंकित छाप

Naya nisan chhap

काठमाडौं । सरकारी कार्यालयहरुले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा समेटिएको नयाँ निशाप छाप प्रचलनमा ल्याउन थालेका छन् ।

संघीय संसदका दुवै सदनबाट संविधान संशोधन पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्सासहितको नेपालको निशान छाप प्रचलनमा आएको हो । संशोधित संविधानमा निशान छापमा नेपालको पुरानो नक्साको ठाउँमा नयाँ नक्सा राखिएको छ ।

संविधान संशोधनको एक सातामै सरकारी कार्यालयहरूले आफ्ना दस्तावेजमा लिम्पियाधुरासहितको नयाँ नक्सा प्रचलनमा ल्याउन थालेका हुन् । अब सरकारी कार्यालयका वेबसाइट, लेटरप्याड र छापमा नेपालको नयाँ नक्सा देख्न पाइन्छ, जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको छ ।

गृह मन्त्रालय र अरू केन्द्रीय कार्यालयहरूले आ–आफ्ना वेबसाइट, लेटरप्याड र छापमा नयाँ निशान छाप प्रचलनमा ल्याउन थालेका हुन् ।

धेरैजसो केन्द्रीय कार्यालयले मंगलबारसम्म नयाँ निशान छापवाला वेबसाइट, लेटरप्याड र छाप प्रचलनमा ल्याइसकेका छन् । कतिपय मन्त्रालय र केन्द्रीय निकायले भने वेबसाइटमा नयाँ निशान छाप प्रचलनमा ल्याइसके पनि लेटरप्याड छपाइ गर्न र छाप बनाउन समय लागेकाले आ–आफ्ना दस्तावेजमा प्रयोगमा ल्याउन अझै केही समय लाग्ने जानकारी दिए ।

प्रदेश, स्थानीय तह र वडा तहमा रहेका सरकारी कार्यालयले आ–आफ्नो लेटरप्याड परिवर्तन गर्न भने अझै केही समय लाग्ने अनुमान सरकारी अधिकारीको छ ।

निशान छाप प्रयोग हुने सबै सरकारी दस्तावेज परिवर्तन हुने छन् । निशान छाप अंकित राज्यका सबै निकायका छाप, लेटरप्याड, सरकारी दस्तावेज, नागरिकता प्रमाणपत्र, राहदानी, चालक अनुमतिपत्र सरकारबाट जारी हुने सबै किसिमका परिचयपत्र, संघीय सांसदको लोगो, प्रदेशसभा सदस्यको लोगो, निजामती कर्मचारीको लोगो, मानपद्वी, तक्मा, सिक्का, नोट, विद्यालयका सरकारी पाठ्यपुस्तक, राजपत्र, कानुन किताबसहित सबै सरकारी प्रकाशन परिवर्तन हुने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...