प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप, प्रदर्शनकारीले मागे गृहमन्त्रीको राजीनामा

343444409 5

काठमाडौँ । पश्चिम रुकुमको सोती हत्या काण्डको विरुद्धमा संयुक्त राज्य दलित संघर्ष समिति, नागरिक समाज र जातीय संघ संस्थाले गरेको विरोध प्रदर्शनको क्रममा ठाउँ ठाउँमा झडप भएको छ ।

राजधानीको माइतिघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको हो । प्रदर्शनकारीले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको मुल सडकमा प्रदर्शन गर्न खोज्दा पटकपटक झडप भएको थियो ।

प्रहरीले प्रदर्शनकारीलाई मुल सडकमा प्रवेश गर्न नदिई झडप भएपछि प्रदर्शनकारी उत्तेजित बनेका थिए । सो क्रममा प्रदर्शनकारीले गृहमन्त्रीको राजिनामा माग गरेका छन् । साथै उनीहरुले तत्कालिन गृहमन्त्री जनार्दन शर्माविरुद्ध चर्को नाराबाजी गरेको थिए ।

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको विभत्स हत्याकाण्डका दोषीहरूलाई घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै संयुक्त दलित राजनीतिक संघर्ष समितिले काठमाडौंमा वृहत सिठी जुलुस निकालेको हो । जातका निहुँमा भएको यो मानवताविरोधी अपराधको घटनालाई राजनीति चलखेल बढ्दै पछि देशव्यापी तथा विदेश समेत विरोध भइरहेको छ ।

बानेश्वरको निषेधित क्षेत्रमासम्म पुगेर कोणसभामा बोल्नेहरूले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको बताउँदै जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । सभालाई विभिन्न राजनीतिक दलका सांसद, विभिन्न संघ संस्थाका पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।

१४ वटा राजनीति दलका दलित भात्रृ संगठन, विभिन्न जातीय संघ संस्था र नागरिक समाजको अगुवाईमा भएको प्रदर्शनका क्रममा रुकुमको सोती घटनामा मारिएका नवराज विसहित ६ जनाको परिवारलाई न्यायीक क्षतिपूर्ति दिइनुपर्ने, हत्यामा संलग्नलाई सर्वश्वसहित कारवाही गरिनुपर्ने, अंगीरा पासी र शम्भु सदाको हत्यामा संलगनलाई कारवाही गरिनुपर्ने माग गरेका थिए ।

प्रतिकृया दिनुहोस