६ हजार कर्मचारीको बिज्ञापन गर्ने लोकसेवाको अन्तिम तयरी, अध्यक्ष प्रधानमन्त्री ओलीलाई भेट्दै

६ हजार कर्मचारीको बिज्ञापन गर्ने लोकसेवाको अन्तिम तयरी, अध्यक्ष प्रधानमन्त्री ओलीलाई भेट्दै

काठमाडौं । स्थानीय तहबाट माग भएर आएका थप ६ हजार कर्मचारीको स्थायी बिज्ञापन खोल्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । लोकसेवा आयोगले पुरानै नियमावली अनुसार विज्ञापन गर्ने की नयाँ नियमावली जारी भएपछि विज्ञापन गर्ने भन्नेबारे छलफल गरिरहेको छ ।

माननीय अध्यक्ष र माननीय सदस्यज्यूहरुले छलफल चलाइरहनु भएको छ’ लोकसेवाका एक कर्मचारीले भने ‘मन्त्रीज्यूसँग छलफल सकियो, प्रधानमन्त्रज्यूसँग छलफल गर्न बाँकी छ । प्रधानमन्त्रीसँग छलफल गरेपछि नयाँ बिज्ञापनको टुंगो लाग्ने भएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित वर्तमान नियमावलीबाटै भएपनि थप नयाँ बिज्ञापन गर्नुपर्ने पक्षमा छन् । तर आदिवासी जनजातीहरुले पुरानो नियमावली अनुसार फेरी बिज्ञापन गरे आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।

जेठ महिनामा खोलिएको पहिलो चरणको बिज्ञापन पुरानै नियमावली अनुसार थियो । पुरानो नियममावलीमा आरक्षण कोटा ३३ प्रतिशत मात्र निर्धारण गरिएको छ । तर नेपालको संविधानले ४५ प्रतिशत आरक्षणलाई सुरक्षीत गरेको छ । आरक्षण ३३ प्रतिशत कि ४५ प्रतिशत भन्नेमा अहिले विवाद चलिरहेको छ । ४५ प्रतिशत आरक्षणको लोकसेवा नियमावली बनिसकेको छैन । संसदले पारित नगरेसम्म लागु हुँदैन ।

उता स्थानीय तहले भने छिटो कर्मचारी पठाउन मन्त्रालयलाई ताकेता गरिरहेका छन् । स्थानीय तहको दवावमा परेका मन्त्री पण्डित पुरानै नियमावली प्रयोग गरेर भएपनि विज्ञापन गर्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री ओलीलाई भेटेपछि आयोगले निर्णय लिने स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...