अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान

Airport nepal

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् ।

जजीरा, कतार, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन् ।

आजमात्रै अन्तर्राष्ट्रिय नौ र आन्तरिकतर्फ आठ उडान हुने विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीबाट २५९ नेपाली काठमाडौँ ल्याउँदैछ । गएराति सिड्नी उडेको नेपाल एयरलाइन्सको वाइड बडी जहाज उताबाट यात्रु भरेर काठमाडौँका लागि उडिसकेको बताइएको छ । एयरलाइन्सको अन्य मुलुकबाट पनि उडान गर्ने तालिका छ ।

आज हिमालय एयरलाइन्सले दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट १४५ नेपाली स्वदेश फर्केको कतारस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड– १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली भएको दूतावासले उल्लेख गरेको छ ।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरण अन्तर्गत दोस्रो उडानमार्फत दोहाबाट काठमाडौँका लागि हिमालय एयरलाइन्सको उडानबाट १४५ नेपाली फर्किएको जनाएको छ । यी उडानमा एक गर्भवतीसहित ६१ महिला र ८४ पुरुष रहेको दूतावासले जनाएको छ ।

सोही एयरलाइन्सले आज कुवेतबाट नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याउने कार्यतालिका छ । चार दिनयता दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सोमबार अन्तर्राष्ट्रियमा १० र आन्तरिकमा सात उडान भएका थिए । आइतबार दुबैगरी १६ र शनिबार १५ उडान भएको विमानस्थलले जनाएको छ ।

विदेशबाट नेपाली उद्धारका लागि बाक्लो सङ्ख्यामा चार्टर्ड उडान भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यो प्रक्रिया जुन महिनाभर चल्नेछ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले जुन महिनाभरका लागि उडान तालिका सार्वजनिक गरिसकेका छन् भने विभिन्न मुलुकाट हुने उद्धार उडानको पनि तालिका बनेको छ ।

विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज प्रयोग भएका छन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो ।

त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...