‘जुम’मा आयोजित भर्चुअल कार्यक्रममा धमाधम अश्लील भिडियो बज्न थाल्यो, ‘जुम’ प्रति शंकैशंका

Zoom metting 8

काठमाडौं । जुममार्फत बैठक गर्ने र कार्यक्रम गर्ने लहर चले पनि पछिल्ला केही दिनयता जुम टाउको दुखाईको विषय बन्दै गएको छ । सरकारी तथा गैरसरकारी बैठक भइरहकै बेला अश्लिन भिडियोहरु खुल्न थालेपछि जुम टाउको दुखाईको विषय बन्न थालेको हो ।

‘जुम’ चीनमा विकास भएको एप हो, जो भर्चुअल मिटिङ, वेबिनारहरु गर्ने प्रयोग गरिन्छ । जुम त्यही एप हो, जसलाई भारत सरकारले सेक्युरिटीको कारण देखाउँदै सरकारी तवरमा प्रयोग नगर्न सुझाव दिएको छ । विदेशका विभिन्न स्कुल र विश्वविद्यालयहरुले पनि प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।

अहिले नेपालमा पनि कार्यालयहरुका नियमित बैठक, स्कुल, कलेज, विश्वविद्यालयका अनलाइन कक्षाहका लागि पनि यही एपको प्रयोग भइरहेको छ । जसमा यस्ता घटना बारम्बार दोहोरिरहेका छन् । यसले गर्दा ‘जुम’को प्रयोग गर्ने कि नगर्ने भन्ने अन्योल बढेको छ ।

तर, नेपाल सरकारले भने यो एपलाई आफैंले प्रवद्र्धन गर्दै आएको छ । यो एप प्रयोगका लागि सरकारले विदेशी दाताको सहयोग नै लिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले सहयोग गरेको छ ।

नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको ‘जुम एप’ भर्चुअल बैठकमा अचानक पोर्न भिडियो खुलेपछि तरंग उत्पन्न भएको छ ।

जेठ ३ गते विभिन्न बैंकका सूचनाप्रविधि विभाग हेर्ने प्रमुखसहित राष्ट्र बैंकका उच्च अधिकारीहरु ‘जुम मिटिङ’मा थिए । राष्ट्र बैंकले गरेको त्यो बैठकको उद्देश्य थियो, बैंकिङ क्षेत्रमा सूचना प्रविधिका बढ्दो प्रयोग र साइबर सुरक्षाका उपायहरुबारे छलफल गर्ने ।

सो वेबिनार (वेब बैठक) मा सहभागीमध्ये पहिलो वक्ताले बोलेपछि होस्टले दोस्रो सहभागीलाई बोल्न समय दिए, लगत्तै एकाएक पोर्न भिडियो बज्न सुरु भयो ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागी कार्यक्रममा पनि अश्लील भिडियोको सोही सिलसिला दोहोरियो ।

महिला वन प्राविधिक सञ्जालले पनि लकडाउनकै बेलामा एउटा भर्चुअल बैठक गर्ने तय गर्‍यो, जसका लागि जेठ ३ गते ‘जुम’ नै प्रयोग गर्ने निर्णय भयो ।

कोभिड–१९को रोकथामका लागि पर्यटनसम्वद्ध निर्देशिका जारी गर्न ‘जुम’मा आयोजित भर्चुअल कार्यक्रममा पनि अश्लील भिडियो बज्यो । ‘ह्यारिस’ नामको अनाधिकृत आईडीबाट यस्तो भिडियो देखिएपछि मन्त्री संलग्न बैठक बीचैमा रोकियो । पर्यटनमन्त्री भट्टराई बोल्न थालेलगत्तै त्यस्तो घटना भएको थियो ।

पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरिएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । मन्त्री बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरु भटाभट देखिन थालेका थिए। त्यसपछि सहभागीहरु अचम्मित गर्दै मिटिङ ‘लिभ’ गरेका थिए ।

उक्त जुम मिटिङमा देशभरका २ सयजना बढी पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ । पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

बोर्डका एक अधिकारीले कसैले ह्‍याक गरेर यस्तो दृश्यहरु देखाइएको हुनसक्‍ने बताउँदै यसबारेमा छानबिन भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...