आज देशका अधिकांस भागमा पानी पर्ने, सतर्क रहन आग्रह

Mausm news

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जसअनुसार देशभरको मौसममा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

आज राती देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं. ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस