क्वारेन्टाइनबाट घर पठाएकै भोलीपल्ट संक्रमण भेटिएपछि...

Qwrentine 8

प्युठान । प्युठान नगरपालिकामै २१ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगर क्षेत्र छिर्ने सबै नाका एक साताका लागि सिल गरिएको छ ।

सोमबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सोमबारदेखि नै लागू हुने गरी ७ दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताए ।

उनले अत्यावश्यकीय सेवाबाहेक अन्यको हकमा प्युठान प्रवेश गर्ने र बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै नगरपालिकामा पनि सङ्क्रमित थपिन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख कक्षपतीले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाव परिक्षणमा प्युठानमा थप २३ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये दुई जना स्वास्थ्यकर्मी हुन् । उनीहरु २ देखि ५५ बर्ष उमेर समुहका छन् । यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ ।

प्युठानमा सोमबार कोरोना संक्रमण पुष्टि भएकाहरूलार्ई यसअघि नै क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । लकडाउनको समयमा भारतबाट घर आइपुगेका २१ जनालाई प्युठान नगरपालिका– ३ स्थित सरस्वती प्रावि सेपुङको क्वारेन्टाइनमा राखिएको थियो ।

आईतबार उनीहरुलाई रिपोर्ट आउन ढिला भएको भन्दै घर पठाईएको थियो । ‘स्वाब लिएर परीक्षणका लागि पठाएका २१ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाएका हौँ’ प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले भने, ‘लक्षण पनि नदेखिएको र क्वारेन्टाइनमा बसेको २७ दिनभन्दा बढी भएकाले घर पठाएका हौं ।’

उनीहरु आइतबार घर गएका थिए । तर भोलिपल्ट सोमबार उनीहरुलाई कोरोना संक्रमण भएको रिपोर्ट आयो । आईतबारको रिपोर्टमा समेत सोही क्वारेन्टाईनमा बसेका ३ जनाका कोरोना पोजिटिभ देखिएको थियो । यसबाहेक परिवारका सदस्य र उनीहरुले भेटघाट गरेका व्यक्तिहरुको खोजी गरिने प्युठान नगरपालिकाका प्रमुख कक्षपतीले जानकारी दिए ।

घर पठाइएकाको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाले हतार हतार संक्रमितहरूलाई घरबाटै उठाएर फेरी क्वारेन्टिन ल्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...