जुम्लामा दुई जलविद्युत् आयोजना निर्माण हुँदै

Hydro power2

काठमाडौँ । जिल्लाका दुई स्थानीय तहमा जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । यहाँको कनकासुन्दरी गाउँपालिका– २ घोडामौलामा १० मेगावाट र हिमा गाउँपालिकाको हिमा नदीबाट १० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए ।

उनले भने, “आयोजना अध्ययनका लागि सङ्घीय सरकारले   २९ लाख ५ हजार बजेट विनियोजना गरेको छ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ती आयोजनासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।”

आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गर्ने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको हो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...