क्वारेन्टाइनमा बसेर घर फर्किएका २ जनाको मृत्यु

Qwrentine 8

काठमाडौं । सोमबार कैलालीको लम्कीचुहा र बलेफी गाउँपालिकामा गरी दुई जना युवाको मृत्यु भएको छ । दुवै जना १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए ।

सोमबार कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित बालसेवा स्कुलको क्वारेन्टाइनमा बसेर घर फर्किएका ३६ वर्षे युवकको सोमबार साँझ बाटैमा मृत्यु भएको छ ।

क्वारेन्टाइनबाट वडा नं. ७ स्थित आफ्नो घर जाँदै गर्दा स्थानीय बगनिया चोकनेर अचानक ढलेका उनको मृत्यु भएको थियो । उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका लागि सेती प्रयोगशालामा पठाईएको छ । उनको शव कसैलाई छुन दिइएको छैन ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक बिष्टका अनुसार उनी जेठ २६ गते भारतबाट आएका थिए । सिधै क्वारेन्टाइनमा राखिएका उनको आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएको थियो । क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएकाले सोमबार घर पठाइएको हो । घर फर्कने बेलासम्म उनलाई कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको प्रहरीले बताएको छ ।

कैलाली जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । दुईजनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

यता, सिनधुपाल्चोकको बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो । क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...