पहिराले रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध

Mahakali rajmarga newskarobar

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो गएपछि रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ को साँघुरे, सत्यवती गाउँपालिका– ४ को नादेवा खोला, वडा नं ५ को बाँदरे भिर र वडा नं ६ को डहरे खोलालगायतका स्थानमा पहिरो खसेपछि आज अपराह्न सडक अवरुद्ध बनेको हो ।

गत सातादेखि लगातार परेको वर्षाका कारण उक्त सडक खण्डका धेरै भागमा पहिरो जाने र सडक अवरुद्ध हुने गरेका कारण दैनिक चार पटकसम्म डोजरमार्फत पहिरो हटाउने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । रिडीहुँदै बाग्लुङको ढोरपाटन नगरपालिकासम्म पुग्ने उक्त सडक जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने गर्दछन् ।

त्यसैगरी आज बिहानदेखि अवरुद्ध बनेको तम्घास–रिडी सडक सञ्चालनमा आएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्रको खनियाँरुख नजिकै सडक माथिबाट खसेको पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले बताए ।  वर्षाका कारण पहिरो खसेसँगै सडक भत्किएपछि जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण सडक पनि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...