अब कुकुर पाल्न पनि स्थानीय सरकारको अनुमति लिनुपर्ने !

Kukur dulaune

काठमाडौं । के आफ्नो घरमा कुुकुर पाल्ने रहर बनाउनुभएको छ ? तर, अव काठमाडौं उपत्यकामा कुकुर पाल्न त्यति सविलो छैन ।

यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नुुुुुु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् । कुकुर पाल्नुअघि नै स्थानीय तहमा दर्ता गर्नुपर्ने हुन्छ ।

घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको छ । त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको छ ।

महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुुकुुर पाल्न पाइने छैन । एक घरमा कतिवटासम्म कुकुर पाल्न पाइने, त्यसको पालनपोषण कसरी गर्ने लगायतका विषयमा समेत कार्यविधि बनाउने भएको छ । कुकुर पाल्न तिर्नुपर्ने शुल्क, त्यसको स्वास्थ्य सावधानी कसरी अपनाउने भन्ने कुराको टुङ्गो भने छिट्टै लगाउने जनाइएको छ ।

महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नुु पर्नेछ ।

महानगरपालिकालाई नमुना र सभ्य सहर बनाउने अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले कुकुर पाल्न नसकेर छाडा छोड्ने, बाटोमा मलमूत्र गराउने, लगायतका समस्या समाधान गर्न दर्ता गरेर मात्रै कुकुर पाल्नुपर्ने नयाँ प्रावधान तय गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...